कोरोनाले फेरि महामारीको रुप लिन थालेपछि पार्टीपंक्तिलाई ओलीको कडा निर्देशन

कोरोनाले फेरि महामारीको रुप लिन थालेपछि पार्टीपंक्तिलाई ओलीको कडा निर्देशन


 काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमण बढिरहेको भन्दै पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन दिएका छन् । आइतबारको महाधिवेशन आयोजक समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले स्थानीय सरकारी संयन्त्रसँग सहकार्य गर्दै कोरोना रोकथाम र नियन्त्रणका कार्यमा एकजुट भएर खटिन पार्टीपंक्तिलाई निर्देशन दिएका हुन् । 

बैठकपछि पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले कोरोना रोकथाम र नियन्त्रणका लागि खटिन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिएको जानकारी दिए । 
बैठकमा ओलीले कोरोनाले फेरि महामारीको रुप लिन थालेको भन्दै नागरिकलाई जोगाउन सरकारले आवश्यक काम गरिरहेको बताएका थिए ।