पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण

पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि कोरोना संक्रमण भएको छ। 

ढुंगानाले सामाजिक सञ्जालमार्फत संक्रमण भएको जानकारी दिएका हुन्।

'सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो। उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु', उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ?'