कमिसनका कारण कोरोना भ्याक्सिन रोकिएको समाचारले लज्जित बनायो : डा. शेखर कोइराला

कमिसनका कारण कोरोना भ्याक्सिन रोकिएको समाचारले लज्जित बनायो : डा. शेखर कोइराला

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिनको खरिद प्रक्रिया रोकिएको समाचारले लज्जित बनाएको बताएका छन् । नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीकै निकटका व्यवसायीहरु विजय दुगड र ऋतु वैद्यले कमिसनकै कारण भ्याक्सिन रोकिएको समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया जनाएका हुन् । 

प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने भन्दै कोइरालाले भनेका छन्, ‘महामारीको कहालीलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?’ 

डा।कोइरालाले लेखेका छन्, ‘पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो । देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्यमाथि  गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन । यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन् ।’