सभामुख सापकोटाको पनि पिसिआर परीक्षणकाे रिपोर्ट आयो

सभामुख सापकोटाको पनि पिसिआर परीक्षणकाे रिपोर्ट आयो

काठमाडौं । यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र  उनको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ । 

परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र  र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।