नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि राष्ट्रिय संकटको रुपमा आफू की प्रधानमन्त्री केपी शर्मा ओली को हो भनी बहस गर्न आफू तयार रहेको बताए।
प्रधानमन्त्री ओलीका कारण संविधान र पार्टीमाथि संकट सिर्जना गरेको प्रचण्डको भनाइ छ। ‘राष्ट्रिय समस्या म हो कि तपाई होरु बहस गरौं ? म तपाईंसँग बहस गर्न चाहन्छु,’ प्रचण्डले संसदमा भने। उनले पार्टीभित्र बहस गर्दा कुन कुरामा कहाँनेर आफूले व्यवधान गरेँ भनी उनले ओलीसँग प्रश्न गरे।
‘मैले व्यवधान गरेको तपाईसँग यसको आधिकारिक र प्रमाणिक जवाफ छरु तपाईंले वाम गठबन्धनलाई डे वानदेखि तुहाउन लाग्नु भयो भन्ने मेरो आरोप छ,’ उनले भने, ‘पार्टीभित्र विवाद, बहसलाई यो सम्मानित सदनलाई विघटन गरेर न्याय गरेको होरु’
पार्टीभित्र भएको बहसको रिस संसदमाथि पोखेर सारा मुलुकवासीलाई दुःख दिएको उनले बताए।