अक्सिजन अभावमा अस्पतालले बिरामी लिन छाडेपछि सीसीएमसीको आकस्मिक बैठक

अक्सिजन अभावमा अस्पतालले बिरामी लिन छाडेपछि सीसीएमसीको आकस्मिक बैठक

अक्सिजन अभावमा अस्पतालले बिरामी लिन छाडेपछि कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आकस्मिक बैठक बसिरहेको छ।

सिंहदरबारस्थित सचिवालयमा जारी बैठकमा अस्पतालहरुलाई थप अक्सिजन व्यवस्थापनका बारेमा छलफल भइरहेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।

अस्पताललाई सीसीएमसीको सिफारिसअनुसार मात्रै अक्सिजन दिन सिफारिस गरेपछि अस्पतालमा अक्सिजनको चरम अभाव सुरु भएको छ। अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउनु पर्ने अवस्था आएपछि निजी अस्पतालहरुले नयाँ बिरामी भर्ना गर्न बन्द गरेका छन्।