प्रधानमन्त्री भेटेलगत्तै शीतल निवास पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

प्रधानमन्त्री भेटेलगत्तै शीतल निवास पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुगेका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँगको भेटमा उनीहरुले नयाँ सरकार गठनमा जसपाको भूमिकाबारे स्पष्ट पार्ने बताइएको छ ।

त्यस्तै आजै अध्यक्ष ठाकुर र नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यसलगत्तै उनीहरु शीतल निवास पुगेका हुन् । गत सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले संविधान धारा ७६ (२) अनुसार गठबन्धन सरकारका लागि वैशाख ३० गतेसम्मको समयावधी दिएकी छन् ।

जसपाको महन्थ र राजेन्द्र समूहले अ‍ोली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताउँदै आएको छ भने उपेन्द्र यादव समूहले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकारमा सहभागी हुने बताएको छ ।