काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति केही घण्टामै भाँडिएको छ ।
अध्यक्षद्वय ठाकुर र यादवबीच आज महतोलाई दिइएको संसदीय दलको नेता पद फिर्ता लिने सहमति भएको थियो । सहमतिमा संयुक्त वक्तव्य दिएको केही घण्टामै ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र संघीय संसद् सचिवालयमा पठाएका छन् ।