काठमाडाैं । भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम पूर्वका अध्यक्ष सतमान पुनको निधन भएको छ । बाँकेको कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार विहान उनको निधन भएको हो ।
नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य समेत रहेका नेता पुनलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।कोरोना संक्रमण भएर अवस्था जटिल बनेपछि गत वैशाख ३१ गते जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको थियो । त्यसपछि पनि अवस्था ठिक नभएपछि जेठ १ गते हेलिकोप्टर मार्फत उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।
मगर खाम क्षेत्रका एक नेताको निधनले पार्टी र जिल्लालाई ठूलो क्षेती पुगेको एमाले नेता तथा लुम्बिनी प्रदेशका पार्टी सचिव खेममान खड्काले बताए । नेता पुन केही समय रुकुम पूर्वको पार्टी संयोजक भएर पनि काम गरेका थिए ।