उपनिर्वाचन मतपरिणाम : खिमलाल २५ मतले अघि बादलभन्दा

उपनिर्वाचन मतपरिणाम : खिमलाल २५ मतले अघि बादलभन्दा

काठमाडौं  । वाग्मती प्रदेश अन्तर्गत आज भएको राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना जारी छ । अहिले स्थानीयतर्फ मत गणना भइरहेको छ । जसमा नेकपा (एमाले)का तर्फका उमेदवार रामबहादुर थापा ‘बादल’को १०३ मत पाएका छन् । उनको मतभार १ हजार ८५४ भएको छ । 

त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको तर्फबाट डा खिमलाल देवकोटाको स्थानीय तहमा हाललसम्म १२८ मत परेको छ । बादलभन्दा खीमलाल  २५ मतले अघि छन् । उनको मतभार २ हजार ३०४ भएको आयोगले जनाएको छ ।  र, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट उमेदवार रहेका कृष्णबहादुर तामाङले २ मत पाएका छन् । उनको मतभार ३६ रहेको छ । 

बिहीबार हेटौँडाको भुटनदेवी माविमा भएको निर्वाचनमा ३३८ जनाले मतदान गरेका हुन् ।