भदौमा महाधिवेशन गर्न प्रतिवद्ध छु : देउवा

भदौमा महाधिवेशन गर्न प्रतिवद्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको १४ औं महाधिवेशन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै तयारी पूरा गरिने बताएका हुन् ।

‘२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्रै नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान हो’, देउवाले भनेका छन् ।

कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्तिप्रति देउवाले आपत्ति समेत जनाएका छन् ।