काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी स्वयम् सेवक परिचालन गर्ने भएको छ ।
संघका अध्यक्ष किरण पौडेलद्वारा आज जारी विज्ञप्तिमा स्वमय् सेवक परिचालन सम्बनधमा ८ बुँदे विशेष निर्देशन दिइएको छ । युवा संघले कोरोनाको संक्रमण नेपालमा आएसँगै संक्रमणदर न्युनिकरण, रोकथाम, नियन्त्रण, राहत तथा जनचेतनामूलक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।
संघले जारी गरेको निर्देशनमा सरकारले नागरिकको जीवनलाई सुरक्षा गर्ने उद्देश्यका साथ शुरु गरेको खोप कार्यक्रमलाई सहज तथा प्रभावकारी बनाउन स्वयं सेवक परिचलन गर्न मातहतका सवै कमिटीलाई विशेष निर्देशन दिएको छ ।
निर्देशको पूर्ण पाठ
