नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताएका छन् । सोमबार पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले आज नै मन्त्रिपरिषद् विस्तार गरेर सपथ ग्रहण गर्ने बताएका हुन् ।
‘सकेसम्म आजै क्याबिनेट विस्तार गरेर सपथ ग्रहण गराउने नभए पनि मिल्न बाँकी विषय टुंग्याउने भन्नेछ’, दाहालले भने ।
सत्ता साझेदार दलका नेताहरूले पटकपटक छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताउँदै आएका छन् । तर, सरकार गठन भएको ८३ दिन हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।