जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुखलाई अर्धनग्न बनाएर बजार घुमाइयो

जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुखलाई अर्धनग्न बनाएर बजार घुमाइयो

जनकपुरधाम । जनकपुरस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहलाई अर्धनग्न बनाएर बजार घुमाइएको छ ।

अबिरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले निमित्त प्रमुख कुशवाहालाई कपडा खोलिदिएर अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर बजार घुमाएका थिए । 

जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोलस्थित सडक निर्माणका क्रममा ढल निकासको समस्या भएकाे भन्दै पटक पटक आग्रह गर्दासमेत  निमित्त प्रमुख कुशवाहाले वेवास्ता गरेकाे भन्दै बाध्य भएर यस्ताे कारवाही गर्नु परेकाे जनमत पार्टीले जनाएकाे छ ।

बिहीबार दिउँसो लाठी र बाँसको भाटासहित जनकपुरस्थित उपमहानगरपालिकाकाे  कार्यालय पुगेका कार्यकर्ताहरूले मुख्यमन्त्री लालबाबु राउत र मेयर लालकिशोर साहविरुद्ध नाराबाजी गरेका थिए ।