हेर्नुहोस् तपाईको आजको राशिफल

हेर्नुहोस् तपाईको आजको राशिफल

मेषः मनमा लगन र उत्साह बढ्दा धेरै सजिलो हुनेछ । इच्छानुसारका कुरामा समय दिन पाइनेछ । आफ्नो खुसीका लागि केही किनमेल होला ।

वृषः बाहिर कतै निस्किनुपर्ने काम आइलाग्न सक्छ । मन लागे, नलागे पनि सहभागिता जनाउनैपर्ने हुन सक्छ । सहजता विचारी काम गर्नुपर्ने बेला छ ।

मिथुनः कुनै कुराले यत्तिकै व्यस्त बनाउन सक्छ । सोचेअनुरुपका कुरामा समय दिन नपाउँदा झर्को लाग्नेछ । शान्त र संयम रहनुपर्ने बेला छ ।

कर्कटः बहुप्रतीक्षित काममा सहभागी हुने मौका जुट्नेछ । चाहना फलीभूत हुँदा मन प्रसन्न रहला । पारिवारिक सुख समृद्धि बढ्नेछ ।

सिंहः कतै जाने प्रबन्ध मिल्न सक्छ । तपाईंको अनुकूलता विचार्दै काम गर्ने प्रयास हुनेछ । कुनै कुरामा भने व्यक्तिगत खर्च गर्नुपर्ने हुन सक्छ ।

कन्याः सोचेअनुरुप काममा सफल भइनेछ । क्रमशः सबै कुरा मिल्दै जानेछ । तनाव घट्दा मनले राहतको अनुभव गर्नेछ ।

तुलाः कुनै कुराले मनमा अनपेक्षित तनाव हुन सक्छ । सकेसम्म कम बोल्ने प्रयास गरिनेछ । जसले जे भने पनि हाँसेर टार्न खोजिनेछ ।

वृश्चिकः कुनै जमघटमा सामेल हुने अवसर जुट्नेछ । विभिन्न व्यक्तित्वसित चिनजान गर्ने मौका मिल्नेछ । कुनै कुराको अनपेक्षित लाभ हुन सक्छ ।

धनुः इच्छानुरुपका काममा आफूलाई अनुबन्धित गर्न खोजिनेछ । कुनै कुराले मनमा हर्ष बढाउनेछ । जसरी पनि आफू खुसी हुने प्रयास हुनेछ ।

मकरः आफ्नो कर्तव्य र जिम्मेवारीलाई राम्ररी निभाउन खोजिनेछ । स्वास्थ्यमा सजग रहनुपर्नेछ । अनुकूलताको ख्याल गर्दा आफैंलाई फाइदा पुग्नेछ ।

कुम्भः कुनै कुराले मन भित्रभित्रै आत्तिन सक्छ । मनमा डर भए पनि तटस्थ हुन खोजिनेछ । सामयिक गतिविधिको ख्याल गर्दै अग्रसर हुने प्रयास हुनेछ ।

मीनः कुनै कामविशेषले एकछिन व्यस्त गराउनेछ । इच्छानुरुपका काममा सहभागी हुने मौका मिल्नेछ । कुनै कार्यक्रममा उपस्थिति जनाउनुपर्नेछ ।