रामेछापमा पहिरोले तीन घर बगायो : दुई जनाको मृत्यु, आठ बेपत्ता

रामेछापमा पहिरोले तीन घर बगायो : दुई जनाको मृत्यु, आठ बेपत्ता

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कमा पहिरोले तीन घर बगाएको छ। पहिरोमा पुरिँदा २ जनाको मृत्यु भएको छ। ८ जनाको अवस्था अज्ञात रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले जानकारी दिए।

उनका अनुसार वडा नम्बर ३ र २ को सिमानामा पहिरो जाँदा तीन वटा घर बगाएको छ । ज्यान गुमाउने मध्ये एक जना बालक रहेका छन् । भागेर ज्यान जोगाएका एक बालक घाइते छन् ।

घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। अविरल वर्षातले वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने पक्की पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार घटनास्थलबाट विस्तृत विवरण आउन बाँकी छ ।