काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोममा भएको ‘विवाद’ बारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना नेतृत्वको समितिले बुधवार काठमाडौंका प्रजिअ जितेन्द्र बस्नेतलाई प्रतिवेदन बुझाएको हो।
समितिमा डीएसपी गङ्गा पौडेल, सशस्त्रका डीएसपी प्रमोद राय, पत्रकार गोविन्द चौलागाई र अधिवक्ता सचितानन्द काफ्लेसहित ७ जना सदस्य थिए। छानबिन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको अधिवक्ता सचितानन्द काफ्लेले बताए
कृष्णमुर्तिजी महाराज भनेर चिनिने विजय भण्डारीलाई प्रहरीले पशुपतिनाथमा धरपकड गरेपछि विवाद भएको थियो। साउन ३२ मा पशुपतिमा कोटीहोम सकेर होटल जान लागेका कथाबाचक कृष्णमुर्ति जी महाराजलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएका प्रहरीले धरपकड गरेका हुन्।
तर, उनका भक्तहरूको अवरोधपछि प्रहरी अधिकृतहरू गिरफ्तार गर्नबाट पछि हटेका थिए।