काठमाडौं। दशैं बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु आजदेखि खुलेका छन्। फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन्।
आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाडौं उपत्यकासहित देशभरका शहरमा चहलपहल बढ्न थालेको छ।
दशैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहरहरुमा फेरि भिडभाड शुरु भएको छ। मानिसहरुलाई आवतजावतमा भने सडकको समस्याका कारण केही असजिलो भएको छ।
राजमार्गहरुमा सवारी चाप बढेको छ।