बिछ्यौनामा मृत भेटिए दम्पती

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१, विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बिछ्यौनामा मृत फेला परेका छन् ।

दुवैजना आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिए । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शंकास्पद छ,” उनले भने, “मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ ।

घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।”