काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना फेक भएको पुष्टि

काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना फेक भएको पुष्टि

काठमाडौं। काठमाडौंबाट भारतको नयाँदिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखेको सूचना हल्ला भएको पुष्टि भएको छ ।

बम राखेको हल्ला भएपछि नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि एयर इण्डियाको जहाजमा बम नभएको पुष्टि भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।


दिल्ली उडान गर्न लागेको एयर इन्डियाको जहाजमा भारतबाट अज्ञात समूहले बम राखेको सूचना दिएको थियो । विमानमा बमको हल्ला भएपछि सुरक्षा निकायले चेकजाँच गरेका थिए ।

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँच गरेको थियो ।

यसअघि गएको कात्तिक ६ गते पनि भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि खानतलासी गरिएको थियो ।