रास्वपाले तोक्यो सातै प्रदेशमा चुनावी कमाण्डर

रास्वपाले तोक्यो सातै प्रदेशमा चुनावी कमाण्डर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचन परिचालनका लागि सातवटै प्रदेशमा जिम्मेवारी तोकेको छ।

बुधबार बसेको केन्द्रीय निर्वाचन संयोजन समितिको बैठकले सांसद निशा डाँगीलाई कोशी प्रदेश निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी तोकेको हो।

सांसद चन्दा कार्कीलाई मधेस, सांसद शिशिर खनाललाई बागमती, सांसद विन्दवासिनी कंसाकारलाई गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्य कुसुम महर्जनलाई लुम्बिनी, कोषाध्यक्ष लिमा अधिकारीलाई कर्णाली र विष्णुपुकार श्रेष्ठलाई सुदूरपश्चिम प्रदेशको जिम्मा दिइएको छ।

मंसिर १६ गते ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ। त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।