रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक आज (शुक्रबार) दिउँसो ३ बजेपछि काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए ।

साथै केन्द्रीय विभागमा मनोनयन र केन्द्रीय समिति बैठकको तयारीका लागि पनि बैठक राखिएको रास्वपाले जनाएको छ । सहकारीको रकम अपचलनको आरोप लागेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । उनको ठाउँमा डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेको बिहीबारदेखि अदालतमा बयान सुरु भएको छ ।