काठमाडौमा भूकम्पको धक्का

काठमाडौमा भूकम्पको धक्का

 काठमाडाैं। उपत्यकासहित आसपास, तराइ एवं पूर्वी जिल्लामा  महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ।

 आज विहान   करिव  छ वजेर ५० मिनेट जाँदा भूकम्पको  महसुस गरिएको थियो।  प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा  ७ रेक्टर स्केलको  भूकम्प गएको जनाइएको छ।  भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकी छ।