काठमाडौं। युवतीको प्रयोग गरी हनी ट्रयापमा पारेर गौशालामा एक युवकमाथि लुटपाट भएको छ । लुटपाटको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ घर भएका १८ वर्षीय परबेश अन्सारी, सोही ठाउँका १८ वर्षीय नजमुदिन अन्सारी, गोरखा नगरपालिका–१३ का १८ वर्षीय जनेद हुसेन र चितवनको पिप्ले घर भएकी १९ वर्षीया रश्मी क्षेत्री छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। यो समूहले २४ माघको राति साढे १० बजेतिर इटहरी घर भएका एक युवकलाई लुटपाट गरेको आरोप छ । युवती प्रयोग गरी गेस्टहाउस जाने भन्दै भन्दै एकान्त स्थानमा लगेर केटाहरु बोलाई लुटपाट गरेको प्रहरीले जनाएको छ ।
ती युवकको मोबाइल, पर्स, घडी यो समूहले लुटेर लगेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । पक्राउ परेकाहरलाई कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।