आज प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्दै

आज प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं।सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/ ८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

विद्युतीय व्यापार इ-कमर्स विधेयक, २०८१ पारित गर्न मन्त्री मन्त्री भण्डारीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०-८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक,२०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले कार्यसूचीमा उल्लेख गरेको छ।