तत्काल नेविसंघको रेशमलाई रिहा गरियोस् : महामन्त्री भट्टराई

तत्काल नेविसंघको रेशमलाई रिहा गरियोस् : महामन्त्री भट्टराई

काठमाडौं : नेपाल विद्यार्थी संघले पोखरामा पक्राउ परेका आफ्ना कार्यकर्ता रेशम हमाल (राजेश) लाई तत्काल रिहा गर्न माग गरेको छ । संघका महामन्त्री दिपक भट्टराईले हमाललाई तत्काल रिहा गर्न माग गर्दै रिहा नगरिए कडा आन्दोलनमा उत्रने बताए ।

उनले प्रशासन सरकारको छायाँ बनेको आरोप पनि लगाए । गत फागुन ८ गते सत्तारुढ दल निकट अनेरास्ववियु र नेविसंघबीच झडप भएको थियो । आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने अनेरास्ववियुका कार्यकर्तालाई उन्मुक्ति दिएर नेविसंघका निर्दोष कार्यकर्तालाई पक्राउ गरिएको भन्दै महामन्त्री भट्टराईले तत्काल रिहा नगरिए देशभर आन्दोलन गर्ने चेतावनी दिए ।