मिलको फित्तामा बेरिएर पर्सामा एक महिलाको मृत्यु

पर्सा : पर्सामा सेलर मिलको फित्तामा बेरिएर बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका ३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुर रहेकी छन् ।

आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा बिहान करिब १०:१५ बजेको समयमा आफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।