दैलेख: ३० हजार रुपैयाँ घुस रकमसहित दैलेखको नौमुले गाउँपालिका १ स्थित श्री भैरव माविका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम निकासाका लागि प्रध्यानाध्यापक सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतले घुस मागेको उजुरीको आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटेको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा प्रअ सिंहलाई नौमुले गाउँपालिका-१ मा रहेको एनएमबी बैंक नौमुले शाखाबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।यसबारे थप अनुसन्धानभइरहेको जनाइएको छ ।