काठमाडौं : राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव आजबाट काठमाडौंमा सुरु भएको छ । डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लि.को आयोजनामा फागुन २० गते सम्म चल्ने महोत्सवमा काँठे लोक दोहरी प्रतियोगीता समेत हुने आयोजकले जनाएको छ ।
‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नारा सहित सुरु हुन लागेको कार्यक्रममको उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल वा सँस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेस भट्टराइ वा संस्कृतिविद सत्यमोहन जोशी ले उद्धाटन गर्ने महोत्सवका संयोजक नवराज ढुंगानाले बताए । टुँडिखेलमा हुने कार्यक्रमको सम्पुण तयारी पुरा भएको छ ।