काठमाडौंः विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क असुल गरेका मेडिकल चलेजहरूलाई शुल्क फिर्ताको अन्तिम अल्टिमेटम सरकारले दिएको छ । बुधबारसम्म शुल्क फिर्ता नगरे कानुनी कारबाहीको तयारी सरकारले गरेको छ । गृह मन्त्रालयमा मंगलबार अबेरसम्म बसेको सर्वपक्षीय बैठकले कलेज सञ्चालकलाई अन्तिम मौका दिएको हो ।
गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहभागी थिए ।
सरकारले मेडिकल सञ्चालकलाई यसअघि मंगलबारसम्मको समय दिएको थियो । तर, कलेज सञ्चालकले शुल्क फिर्ता गर्न नसक्ने जानकारी दिइसकेका छन् । अटेरी गरे पनि सरकारले पुनः एक दिन समय थप गरेको हो ।
बढी शुल्क फिर्ताको माग गर्दै नेशनल मेडिकल कलेजलगायतमा विद्यार्थीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । आन्दोलनका क्रममा विद्यार्थीमाथि सञ्चालकहरुले दुव्र्यहार गरेको र प्रहरीले धरपकड गरेको आरोप विद्यार्थीहरुको छ ।