कोरोनाबाट मृत्यृ हुनेको संख्या २ लाख नजिक, २८ लाख बन्दा बढी संक्रमित
नेपाल डेली
शनिबार, १३ बैशाख २०७७, १० : ३५ मा प्रकाशित
एजेन्सी : विश्वभर कोरोना भाइरस ९कोभिड–१९० बाट मुत्यृ हुनेको संख्या अहिले सम्म १ लाख ९७ हजार २९७ जना पुगेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ लाख ५ हजार पुगेको हो ।
भाइरसको कारण सबैभन्दा धेरै अमेरिकामा करिब ५२ हजार मानिसको मृत्यु भइसकेको छ भने इटालीमा २६ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २२ हजार ५ सयभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । फ्रान्समा पनि यो भाइरसबाट मृत्यु हुनेको संख्या २२ हजार २ सय नाघिसकेको छ ।
अहिलेसम्म अमेरिकामा भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ६ हजार पुगेको छ । अमेरिका यो भाइरसको कारण सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो ।त्यस्तै स्पेनमा संक्रमितको संख्या २ लाख २० हजार नाघेको छ भने इटालीमा पनि एक लाख ९३ हजारभन्दा धेरै मानिसहरु यो भाइरसबाट प्रभावित बनिसकेका छन् । फ्रान्समा पनि भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ६० हजार नाघेको छ ।
विश्वभर अहिलेसम्म ७ लाख ७६ हजारभन्दा धेरै मानिस निको भएर घर फर्किसकेका छन् । जर्मनीमा सबैभन्दा धेरै १ लाख ६ हजारभन्दा बढी मानिस निको भएका छन् भने स्पेनमा ९२ हजार ४ सय तथा अमेरिकामा ९० हजार र चीनमा ७७ हजारभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् ।