काठमाडौंः नागरिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । बन्दाबन्दी उल्लङ्घनको आरोपमा उनलाई वैशाख ९ गते ललितपुर प्रहरीले पक्राउ गरेको थियो ।
मंगलबार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीलाई रिहाइको आदेश दिएको हो । गत आइतबार न्यायाधीश हरि फुँयालको इजलासले उनलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
शाहीलाई पक्राउपछि बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चमा दर्ता भएको थियो ।