प्यूठान : प्यूठान नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपाका मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार मोहन सिंह विष्टलाई दुई सय ८४ मतअन्तरले पछि पार्दैए नेकपाका पोख्रेल दाखाक्वाडी वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
पोख्रेलले १ हजार १ सय २७ र विष्टले ८ सय ४३ मत पाएका छन् । यस वडामा राष्ट्रिय जनमोर्चाले नेकपाका पोख्रेललाई समर्थन गरेको थियो । कूल ३ हजार २१ मतदातामध्ये १ हजार ९ सय ९५ मत खसेको थियो । २५ मत बदर भएको थियो ।