कास्की–२ मा विद्याको दोब्बर अग्रता

कास्की–२ मा विद्याको दोब्बर अग्रता

पोखरा : कास्की–२ मा सुरुदेखि नै ‘लिड’ गरेकी सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाएर दोब्बर पुर्‍याएकी छन् । जारी मतगणनामा ११ हजार ८ सय ३६ मत ल्याउँदै नेकपा उम्मेदवार भट्टराईले आफ्नो मतान्तर दोब्बर बनाएकी हुन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका खेमराज पौडेलले अहिलेसम्म ५ हजार ८ मत ४६ हासिल गरेका छन् । अहिलेसम्म महानगरपालिकाका १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ ।अहिले वडा नं। १६ को मतगणना भइरहेको छ ।