सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको स्थायी समिति सदस्य मणि थापाले जानकारी दिए । बैठकका लागि अध्यक्षद्वय ओली र प्रचण्डले कोरोना, सीमा समस्या, नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेका बताइएको छ ।
सरकारले नीति तथा कार्यक्रम ल्याउनुभन्दा २ दिनअघि नेकपाले स्थायी कमिटी बैठक बोलाएको हो । २ जेठमा सरकारले संसदमा नीति तथा कार्यक्रम पेस गर्दैछ । यसअघि २५ वैशाखमा बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।