नेकपा स्थायी समिति बैठक अचानक स्थगित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक स्थगित भएको छ । कोरोना माहामारीका कारण बैठक स्थगित भएको नेकपा केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजालले जानकारी दिए । उनका अनुसार कोरोना माहामारी भइरहेका बेला स्थायी समिति सदस्यहरुको कोरोना परीक्षण गरिएको पीसीआर रिपोर्ट आइनपुगेकाले बैठक स्थगित गर्नुपरेको हो ।

बैठक आज ११ बजेलाई बोलाइएको थियो । तर केही समय अघिमात्रै स्थगित गर्ने सूचना स्थायी समिति सदस्यहरुलाई पठाइएको छ । बैठक कहिले बस्ने भन्ने पनि खुलाइएको छैन ।

मंगलबार स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।पूर्व गृहमन्त्री समेत रहेका रावलको सुरक्षामा खटिएका ती जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।

उनी टेकु अस्पतालमा अहिले उपचाररत छन् । ती जवान वैशाख २ गते बिदा लिएर गएको र फर्किएर आउँदा कोरोना परीक्षण गरेर आउन भनिएको थियो । तर परीक्षणमा उनमा कोरोना पोटेभिट देखिएको हो ।