संसदमा भारतीय चेलीको दादागिरी भन्नेलाई सरिता गिरिको यस्तो जवाफ

संसदमा भारतीय चेलीको दादागिरी भन्नेलाई सरिता गिरिको यस्तो जवाफ

काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले जेठ १९ गते संसदमा आफू विरुद्ध बोलेको शब्द संसदको रेकर्ड हटाउनुका साथै कारबाही  गर्न माग गरेकी छिन्। उनले आफू बिरुद्ध संसद्मै ‘हेट स्पिच’ दिइएको भन्दै नेकपा सांसद गंगा चौधरी सदगैयालाई कारबाहीको माग गरेकी हुन् । 

सांसद गिरीले  भारतसँग छलफल गरेरमात्र अघि बढ्न दिएको सुझावको जफावमा चौधरीले सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थालेको बताएक थिइन्। उनले भनेकी थिइन्, ‘नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दाभन्दै यो सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो । मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने रु यो कस्ता बिडम्बना होरु’

यही अभिव्यक्तिका विरुद्ध सांसद गिरी पदीय मर्यादाका कारणमात्र आफू रोकिएको नत्र भौतिक रुपमै आक्रमणमा उत्रिने चेतावनी पनि दिएकी छिन्। उनले शुक्रवारको संसद्मा बोल्दै भनिन्, ‘जेठ १९ गते म अनुपस्थित थिएँ तर मेरो विरुद्ध यहाँ एक सांसदले हेट स्पिच दिएकी छन्, रगत उम्लिने कुरा गरेकी छन्।’  मेरो पदको मर्यादा नहुदो हो त म भौतिक रुपमा आक्रमणमा उत्रन्थे।’  

आफू प्रेमपूर्वक उनीसँग यो विषयमा कुरा गर्न चाहेको उनले बताइन् । उक्त भनाइलाई हटाउन माग गरिन् ।  उनले उक्त अभिव्यक्तिलाई रेकर्डमा लिएर कार्य अघि वढाउन गृहमन्त्रालय समक्ष माग गरेकी छिन्। उनले भनिन्, ‘जब संसद यो संसदको रेकर्डमा रहन्छ  यो गलत हुन्छ । संसदमै जासुस र दलालीको कुरा रहन्छ यो गलत हुन्छ।’   मिडियामा आएका एकतर्फी कुरा सुनेर उहाँले टिप्पणी गर्नुभएको छ।’

गिरिले चौधरीका पतिले राप्ती गाउँपालिकाको निर्वाचनमा भारतीय रुपैयाँ बाँडेका आरोप लगाइन्। स्थानीयहरुले पक्राउ गरेर बुझाएपछि उत्तरको छिमेकी चीनका तर्फवाट बाँडिएको स्वीकारेको उल्लेख गरिन्।