काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दैैछन्।
आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाकाे बैठकमा प्रधानमन्त्रीले समसामायिक विषयलाई लिएर सम्बाेधन गर्ने जनाइएकाे छ ।
यसबाहेक संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा पनि प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।
प्रधानमन्त्रीले बाेलेपछि आजै विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने सम्भावित कार्यसूचीसमेत राखिएकाे छ ।