लमजुङको पाउँदीमा बस दुर्घटना हुँदा १ मुत्यु, ५ घाइते

लमजुङको पाउँदीमा बस दुर्घटना हुँदा १ मुत्यु, ५ घाइते

लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बेंसीसहरबाट गोरखातर्फ जाँदै गरेको ग१ख ५७९९ नम्बरको बस आईतबार बिहान करीब ७ बजेतिर सडकबाट पाउँदी खोलामा खस्दा अन्दाजी २८ वर्षकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार सवारी ओभरटेक गरी यात्रु बटुल्ने क्रममा पाउँदी पुगेको बस ओरालोमा रोकेर चालक र सहयोगी यात्रु खोज्न हिँडेको र त्यही बेला बस गुडेर दुर्घटनामा परेको हो । बस सडकबाट करीब डेढसय सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ । मृत्कको सनाखत हुन सकेको छैन ।

शव सुन्दरबजारको कर्मदा सामुदायिक अस्पतालमा रहेको र एकजनाको उक्त अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । केही हराइरहेको आशंकामा खोजी भइरहेको उनले बताए । घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्दार गरेका थिए ।

४ जना घाइतेलाई पुरानो चितवन मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । १ जनाको अवस्था सामान्य छ । बसमा १२ देखि १४ जना जना रहेको हुनसक्ने प्रहरीले बताएको छ । चालक तनहुँको भन्सारका कृष्णबहादुर आले सम्पर्कमा आएको र सोधपुछ भइरहेको प्रहरीले बताएको छ । यात्रु बोकेर गएको उक्त बसमा सवार अन्यको अवस्था सामान्य रहेको उनले बताए । घटनाको सवै विवरण भने अझै आउन बाँकी छ ।