पीएसओमा कोरोना पुष्टि भएपछि विष्णु पौडेल आइसोलेसनमा

पीएसओमा कोरोना पुष्टि भएपछि विष्णु पौडेल आइसोलेसनमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् ।  पीसएओलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएको हो ।

सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् । उनका पीसओलाई भने प्रहरी अस्पतालमा भर्ना गरिएको छ । 

पौडेलले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए । यता अध्यक्ष प्रचण्डका पनि सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आइसोलेसनमा बसेका छन् ।