काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय सदस्यद्धय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वाग्ले र काफ्ले दुवै जना सर्लाही जिल्ला निवासी हुन् । केन्द्रीय सदस्य काफ्लेले गत साउन २६ गते हरिवनमा गरेको परीक्षणमा ३२ गते पोजेटिभ रिपोर्ट आएको बताए । काफ्ले घरमै आइसोलेसनमा बसिरहेका छन् ।
त्यस्तै वाग्लेको पनि साउन १ गते परीक्षण गरेकोमा ४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी पनि घरमै आइसोलेसनमा बसेका छन् ।