काठमाडौं । नेकपाको अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल हुने भएको छ। कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल गर्न बेलुका ५ बजे दुवै अध्यक्षबीच भेटघाटको समय तय भएको हो ।
पार्टी विवाद समाधान गर्न दुई अध्यक्षले साउन ३० गते महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलले हप्तादिन लगाएर गत शनिबार प्रतिवेदन बुझाएको थियो। दुई अध्यक्षले प्रतिवेदनका विषयमा केन्द्रित भइ छलफल गर्ने भएका छ्न्।
कार्यदलले बुझाएको प्रतिवेदनमा सहमति भए सचिवालयबाट अनुमोदन हुनेछ। कार्यदल प्रतिवेदनमा केन्द्रित भइ स्थायी कमिटीमा छलफल हुने भएको छ। कार्यदलले ओलीले राजीनामा नदिई विवाद समाधानको विकल्प खोजेको जनाइएको छ।