काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। बालुवाटारमा जारी भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफलको साथै मन्त्रिपरिषद् पुर्नगठनको गृहकार्य भैरहेको स्रोतको दाबी छ ।
कार्यदलले पेश गरेको प्रतिवेदन सचिवालय हुँदै स्थायी कमिटी बैठकले पारित गर्ने बताइएको छ । नेकपाको अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो ।
जसमा ओलीले मुलत सरकार सञ्चालनमा केन्द्रीत हुने र प्रचण्डले मुलतः पार्टी सञ्चालनमा केन्द्रीत हुने सुझाव दिइएको छ । त्यस्तै सरकारलाई थप प्रभावकारी बनाउन केन्द्र तथा प्रदेशका मन्त्रीहरु हेरफेर गर्न समेत प्रतिवेदनले सुझाव दिएको थियो ।
प्रतिवेदनलाई संशोधनसहित पारित गर्ने तयारी अध्यक्षद्धयको छ । प्रतिवेदनकै सुझावका आधारमा अध्यक्षद्धय नयाँ मन्त्रि छान्न व्यस्थ छन् । पुर्नगठनमा कम्तिमा पनि १० नेतालाई मन्त्रीमा नियुक्ति गर्ने तयारी गरिएको स्रोतको दाबी छ ।