काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंमा नेपाली कांग्रेसका एक नेताको मृत्यु भएको छ। मृत्यु भएका व्यक्ति काठमाडौं वडा २१ का गोविन्द रञ्जित रहेका छन्। कोरोना संक्रमण भएपछि काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको मृत्यु भएको हो।
उनको कोरोना संक्रमणका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ। रञ्जित नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं२१ कार्यसमिति सभापति हुन् । कांग्रेस काठमाडौं-२ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले उनको मृत्युको पुष्टि गरेका छन्।
अस्पतालले भने परिवारसँगको सल्लाहअनुसार मृत्युको घोषणा गरी शव व्यवस्थापनको तयारी गरेको छ ।