अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा, अर्को नियुक्तिको तयारी

अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा, अर्को नियुक्तिको तयारी

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिएका हुन् । संवैधानिक हैसियतामा उनले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि आजै राजीनामा दिएका हुन् ।

६ महिना अघि फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएलगत्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहाकारको रुपमा मन्त्री सरहको नियुक्ति दिने तयारी भैरहेको छ ।