अष्ट्रेलिया । अष्ट्रेलियाको चर्चित टेलिभिजन एमएनटीभीले विश्वव्यापी गायन प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतिष्पर्धामा सहभागि हुन इच्छुकको लागि गत सोमबारबाट आवेदन खुल्ला भैसकेको छ । अगामी अक्टोबर १५ तारिख आवेदन दिन सकिने आयोजक एमएनटीभीले जानकारी दिएको छ ।
विश्व नै महामारीका कारण आक्रान्त बनेको बेलामा घरमै बसेर पनि सिर्जनात्मकतालाई प्रोत्साहन गर्ने उद्देश्यले हल अफ फेमको सिजन २ अन्तर्गत अनलाईन गायन प्रतिस्पर्धा गर्न लागिएको हो । हल अफ फेममा सहभागी हुनका लागि नेपाली भाषामा गाएको गीतको अधिकतम ५ मिनेटसम्मको रेकर्डसहित आवेदन दिनुपर्नेछ ।
ईमेलमार्फत प्राप्त हुने सहभागीमध्येबाट टप ५० को छनोट गरिने र उनीहरुबीचको प्रतिस्पर्धाबाट विजेता घोषित हुनेछन् । विजेताले १ लाख रुपैयाँ नगद पुरस्कारसहित कूल पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । जसमा गीत रेकर्ड, म्युजिक भिडियो निर्माण, फोटोशूट लगायत समावेश छ । प्रतियोगितामा सहभागि हुन चाहनेले आवेदन [email protected] मा पठाउनुपर्नेछ ।
सहभागीहरुका लागि निम्न प्रावधानहरु राखिएको छ ।