सातै प्रदेशमा भर्चुअल कार्यक्रम गर्दै कांग्रेस

सातै प्रदेशमा भर्चुअल कार्यक्रम गर्दै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका सातै प्रदेशका कार्यक्रम गर्ने भएको छ। बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा कांग्रेसले एकहप्ते कार्यक्रम गर्ने भएको हो । भर्चुअल माध्यममा हुने कार्यक्रममा ‘कोरोना संक्रमणको सन्दर्भस् नियन्त्रण तथा रोकथामसँगै सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषयमा नेता तथा कार्यकर्तासँग छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी जिए। 

सातै प्रदेशको कार्यक्रममा सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले सम्बोधन गर्नेछन्। कार्यक्रम कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा रहेको कोरोना अनुगमन समितिले आयोजना गरेको हो। उक्त समितिले कोरोना नियन्त्रणको लागि भइरहेको प्रयासको विषयमा अनुगमन गरेर सरकारलाई ध्यानाकर्षण पनि गराउँदै आएको छ।  

प्रदेश १ मा भदौ २७ गते,  प्रदेश २मा भदौ २८ गते, बागमती प्रदेशमा भदौ २९ गते, गण्डकी प्रदेशमा भदौ ३० गते, प्रदेश ५ मा भदौ ३१ गते, कर्णाली प्रदेशमा असोज १ गते  र सुदुरपश्चिम प्रदेशमा  असोज २ गते कार्यक्रम हुने भएको छ ।