कुलमानलाई फेरि नियुक्ति गर्न कानुनले दिँदैन, एमसीसी पास गरिन्छः मन्त्री ज्ञवाली

कुलमानलाई फेरि नियुक्ति गर्न कानुनले दिँदैन, एमसीसी पास गरिन्छः मन्त्री ज्ञवाली

काठमाडौं । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भर्खरै सेवाबाट निवृत भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार नमिल्ने बताएका छन् ।  शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले यस्तो बताएका हुन्। साथै मन्त्री ज्ञवालीले मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने उनले बताए।  

घिसिङप्रति सरकार सन्तुष्ट रहेको र उनलाई पुनर्नियुक्ति दिन कानुनले रोक्ने उनको भनाइ थियो। कुलमान घिसिङलाई नै नियुक्ति गर्नै परे पनि नयाँ कानुनअनुसार गरिने तर यसबारे सरकारले छलफल गरिरहेको उनले बताए।  

मन्त्री ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पनि अनुमोदन हुने बताएका छन्। ज्ञवालीले एमसीसीका विषयमा उठेका केही प्रश्नको हल गरेर अनुमोदन हुने बताएका हुन्।