होम क्वारेन्टिनमा रहेका ऊर्जा मन्त्री पुनको यस्तो आयो कोरोना रिपोर्ट

होम क्वारेन्टिनमा रहेका ऊर्जा मन्त्री पुनको यस्तो आयो कोरोना रिपोर्ट

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको कोरोना परीक्षण नेगेटिभ देखिएको छ। आफ्ना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि असोज २ गतेदेखि मन्त्री पुन होम क्वारेन्टिनमा बसेका थिए।

पिसिआर नेगेटिभ आएसँगै मन्त्री पुन मन्त्रालय जाने तयारीमा रहेको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा पनि पुन उपस्थित हुने बताइएको छ ।