काठमाडाैं । नेपाली कांग्रेसले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षण सुरू गरेको छ। बिहीबार सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस नेताहरूले पिसिआर परीक्षण गर्न स्वाब दिएका हुन्।
कांग्रेसले असोज १९ मा केन्द्रीय समिति बैठक राखेको छ। उक्त बैठकमा सहभागी हुन केन्द्रीय सदस्यको पिसिआर गरिएको हो। कोही केन्द्रीय सदस्यमा कोरोना भाइरस देखिए असोज १९ मा बस्ने केन्द्रीय समितिमा सहभागी गराइने छैन।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले भने दुई दिन अघि नै पिसिआर गरिसकेको र नेगेटिभ आएको बताए।